हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ।नेपाली क्रिकेटर सन्दीप लामिछानेबाट पीडित भएकी भनिएकि गौशाला २६ को तस्बिर भन्दै सामाजिक सञ्जालमा  सार्वजनिक गर्ने एक जना आफ्ना कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको हो ।

लामिछानेबाट पीडित भनिएकि युवतीको भन्दै सामाजिक सञ्जालमा तस्बिर सार्बजनिक गर्ने रास्वपाका कार्यकर्ता दिवश सापकोटालाई बिहीबार उक्त पार्टीले निलम्बन गरेको जनाएको छ। रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समिति सदस्य रहेका सापकोटालाई पार्टीको अनुशासन उल्लघंन आरोपमा निलम्बन गरिएको हो। 

स्थायि घर चितवन भएका सापकोटाले गौशाला २६ को तस्बिर भन्दै सामाजिक सञ्जाल फेसबुक र एक्समा एकजना युवतीका ३ वटा तस्बिर राखेका थिए। 

प्रकाशित मिति : २६ पुस २०८०, बिहिबार, ,  ४ : १४ बजे

प्रतिक्रिया दिनुहोस्