दाङ । लुम्बिनी प्रदेशका उद्योग तथा यातायात व्यवस्थामन्त्री सरोज थापा (रोज राणा)ले सवारी चालक अनुमति पत्रका लागि ट्रायल दिँदा ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियम हटाउन निर्देशन दिनुभएको छ।
बुधबार दाङ देउखुरीको मसुरियास्थित मन्त्रालयको कार्यकक्षमा मन्त्री थापाले सचिव उमेश ढुंगानासहित यातायात कार्यालयका प्रमुखहरुलाई बोलाएर लाइसेन्सको ट्रायल दिंदा स्वेच्छाले सवारी साधन प्रयोग गर्नुपर्ने नियम तत्काल बनाउन निर्देशन दिनुभएको हो ।
मन्त्री थापाले आफ्नो सवारी साधन हुँदाहुँदै शुल्क तिरेर ट्रायल सेन्टरकै सवारी साधन प्रयोग गर्नुपर्ने नियमको सेवाग्राहीबाट व्यापक आलोचना भएकोले आफुले स्वेच्छाले सवारी साधन प्रयोग गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताउनु भयो ।
Error generating audio.