हामी परिक्षण प्रसारणमा छौ



सल्यान ।छत्रेश्वरी गाउँपालिका सल्यान र आइएमइ लाइफ इन्स्योरेन्सका बिचमा भएको दलित समुदायको म्यादी जीवन बिमा सम्झौता बमोजिम आज यस गाउँपालिकाका अध्यक्ष श्री ओज बहादुर बुढाथोकीले बिमा बापतको रकम प्रदान गर्नुभएको छ ।

सवारी गुर्घटनामा परेर मृत्यु हुनुभएकी छत्रेश्वरी ३ निवासी स्वर्गीय सुनिता बिकका छोरा श्री पुस्पकमल सुनारलाइ दुई लाख १० हजार रुपैया भुक्तानी गरिएको हो । गाउँपालिकाले आफ्नो पालिका भित्रका ७२१ जना दलित समुदायका व्यक्तिको म्यादी जीवन बिमा सम्झौता गरिदिएको छ ।

२०८० कार्तिक २० गते कपुरकोट ३ मुलपानीमा सुनिता बिकको सवारी दुर्घटनामा मृत्यु भएको थियो । बिमांक रकम १ लाख रहेकोमा बिमा दाबी रकम २ लाख १० हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । सो अवसरमा आइएमइ लाइभ इन्स्योरेन्स सल्यान शाखा प्रमुख श्री भरत रोकायाले म्यादी जीवन बिमाको बारेमा जानकारी गराउदै छत्रेश्वरी गाउँपालिकाले आफ्ना नागरिकको हितको लागि गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।

सो अवसरमा गाउँपालिकाका प्रवक्ता फौद बहादुर बस्नेत लगायतको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार, ,  १० : ०९ बजे

प्रतिक्रिया दिनुहोस्