हामी परिक्षण प्रसारणमा छौ



सल्यान।सल्यानमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको कालिमाटी गाउँपालिका ७ सोइमबासका अन्दाजी ४२ बर्षिय धन बहादुर आलेको ढुंगाले टाउकोमा चोट लागेर मृत्यु भएको हो ।शनिबार दिउसोँ साढेँ तीन वजे कालीमाटी गाउँपालिका ६ जुमखोला बस्ने अन्दाजी ४४ बर्षिय घनश्याम घर्तीले वडा नम्बर ७ को खारापानी भन्ने जंगलमा तरुल खन्ने क्रममा ढुंगा पल्टाउदा करिब ५ सय मिटर तल तरुल खन्दै गरेका आलेको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनायको छ ।

टाउकोमा चोट लागेका आलेको उपचारका लागि लैजादै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले ढुंगा पल्टाउने घनश्याम घर्तीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार, ,  ९ : ०७ बजे

प्रतिक्रिया दिनुहोस्