सल्यान । शारदा नगरपालिका वडा नम्बर १२ मा २० दिने होजियारी तालिम सुरु भएको छ ।शारदा नगरपालिकाका उप प्रमुख सुस्मिता सापकोटाले तालिमको उद्घाटन गर्नुभयो ।
वडा नम्बर १२ ले आयोजना गरेको तालिमको उद्घाटनमा विशिष्ट अतिथिको रुपमा निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, वडा नम्बर १२ का वडाअध्यक्ष सुरेन्द्र बुढा,अतिथिहरुमा कार्यपालिका सदस्य भगवति बोहरा, वडा सदस्य उमलाल बस्नेत, बालाराम वली, वडा सचिब सृजना विष्ट लगायत तालिमका सहभागीहरुको उपस्थिती रहेको थियो ।
प्रतिभा बुढाथोकीको अध्यक्षता तथा पार्वती चलाउनेको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा उप प्रमुख सुस्मिता सापकोटा, निमित्त प्रमुख प्रशासकीय अधिकृत लिलाधर बबाल, वडा अध्यक्ष सुरेन्द्र बुढा, वडा सदस्य बालाराम वली,गिता बुढाथोकीले शुभकामना मन्तव्य राख्नु भएको थियो
Error generating audio.