हामी परिक्षण प्रसारणमा छौ



सुर्खेत । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश र नेपाल सरकारकाे पुर्ण स्वामित्वमा रहेकाे खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रदेश कार्यालय सुर्खेतका बिच कर्णाली प्रदेशको रैथाने बालीहरुकाे संकलन , बजारीकरण तथा प्रशाेधन केन्द्र (मिल) स्थापना गर्न सहमति भएको छ।

माननीय मन्त्री भिम प्रकाश शर्मा ज्युकाे राेहवरमा प्रदेश सचिव नरहरि प्रसाद घिमिरे र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय सुर्खेतका कार्यालय प्रमुख माधव मिश्र ले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको छ।

सहमति हस्ताक्षर समारोहमा कृषि बिकास निर्देशनालयका निर्देशक, याेजना महाशाखा प्रमुख कृषि बिकास महाशाखा प्रमुख लगाएत जिल्लाका कार्यालय प्रमुखहरुकाे उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार, ,  ७ : ०४ बजे

प्रतिक्रिया दिनुहोस्