हामी परिक्षण प्रसारणमा छौ



सल्यान । कालाेपत्रे निर्माणका लागि बागचाैर नगरपालिकाले थारमारे बजार क्याम्पस सडक खण्डकाे क्षेत्राधिकार भित्र पर्ने घर टहरा लगायतका भ‌ाैतिक संरचनाहरु हटाएको छ।

नगर प्रमुख जनकराज गाैतम, नगर प्रवक्ता दिपेश डि.सी,विभिन्न वडाका वडा अध्यक्षहरु, कर्मचारी, सुरक्षाकर्मी, व्यापारी लगायतको उपस्थितिमा उक्त सडक खण्डकाे क्षेत्राधिकार भित्र पर्ने संरचनाहरु हटाइएको हाे ।

नगरपालिकाले पहिलोपटक ३० दिन र दाेस्राे पटक ७ दिनकाे सूचना मार्फत सम्बन्धित व्यक्ति, संघ, संस्था र निकायलाइ संरचनाहरु हटाउन समय दिएको थियो ।उक्त समयमा पनि केही संरचनाहरु नहटाएकाेले नगरपालिका आफैंले हटाएको हाे।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार, ,  ६ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्