हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान मा शैक्षिक सत्र २०८० को वार्षिक नतिजा प्रकाशन कार्य सुरु भएको छ । यसै क्रममा जिल्लाको बागचौर नगरपालिका वडा नं ५ मा नतिजा सार्वजनिक गरिएको छ । वडामा रहेका ७ वटा विद्यालयमा जनप्रतिनिधि पुगेर नतिजा सार्वजनिक गरिएको हो ।

नतिजा सार्वजनिक गर्न क्रममा वडा कार्यालयले करिव १ लाख बराबरको पुरस्कार र खेलकुद सामाग्री विद्यालयलाई वितरण गरेको छ । वडामा हाल १ वटा मा.वि., १ वटा नि.मा.वि र ५ वटा ५ कक्षा सम्मका विद्यालय रहेका छन् ।

नतिजा प्रकाशित गर्दै वडा अध्यक्ष जोगेन्द्र वली ले सबैभन्दा शिक्षा क्षेत्रमा आफ्नो वडा ले ध्यान दिएको बताउनुभएको छ । अध्यक्ष वलीले शिक्षा बिना जगत नै अन्धकार हुने बताउदै सकारात्मक सोचका लागि सबैभन्दा पहिला शिक्षामा जोड दिनुपर्ने र यसका लागि सबै अभिभावक र शिक्षा क्षेत्र सम्बन्धि सरोकारवाला सबै लाग्नु पर्ने बताउनुभएको छ ।

उक्त कार्यक्रममा वडा अध्यक्ष , वडा सदस्य हरु लालबहादुर बुढाथोकी ,रमेश शाह तथा सबै विद्यालयमा अभिभावक को उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार, ,  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्