हामी परिक्षण प्रसारणमा छौ



काठमाडौँ। योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालद्वारा आयोजित ‘डिजिटल वक्तृत्वकला’ प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरेको छ । जसअनुसार सल्यान बागचौर नगरपालिका -७ निवासी निरुता ओलीले सर्वाधिक रुचाइएको (पब्लिक च्वाइस) आधारमा १० हजार पुरस्कार प्रदान गरिएको थियो ।

पुरस्कार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा पुरस्कार प्रदान गर्नुभएको हो ।वाईसीएल नेपालको उपभोक्ता हकहित संरक्षण विभागले जनयुद्ध दिवसका अवसरमा ‘जनयुद्धका उपलब्धि’ शीर्षकमा खुल्ला ‘डिजिटल वक्तृत्वकला’ आयोजना गरेको थियो । उक्त प्रतियोगितमा विजयी भएकाहरुलाई आज २९औं जनयुद्ध दिवसका अवसरमा पुरस्कार प्रदान गरिएको हो ।

प्रतियोगितामा प्रथम भएकी आशा उपरकोटीले ५५ हजार, द्वितीय स्थान हासिल गर्न सफल सिलु क्षत्रीले ३५ हजार र तृतीय स्थान प्राप्त गरेकी सम्झना राईलाई २० हजार नगद र प्रमाणपत्रसहित प्रधानमन्त्रीले सम्मान गर्नुभएको थियो ।
फरक क्षमता भएकी आइतमायस तामाङलाई १० हजार, अवधि भाषामा भिडियो पठाएका इफरन अली र मैथिली भाषा भिडियो पठाएका रुपम कर्णलाई प्रोत्साहनस्वरुप ५/५ हजारले सम्मान गरिएको थियो।

प्रतियोगीहरुले पठाएका भिडियोहरुमा फेसबुक पेजमा आएको लाइक, कमेन्ट, शेयर र भ्युज, विषयवस्तु र प्रस्तुति कलासमेतलाई आधार माने मूल्याङ्न गरिएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार, ,  ८ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्