हामी परिक्षण प्रसारणमा छौ



सल्यान। सल्यानमा सुन्तला बोकेको जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।  

जिल्लाको छत्रेश्वरी गाउँपालिका १ दमाचौरबाट सुन्तला  लोड गरी मोखला आउँदै गरेको ग ३ च ३३१२ जिप दमाचौर १ मयानीको भित्रि सडकमा दुर्घटना भएको थियो । 
दुर्घटनामा परी जिप चालक तनहुँ आबुखैरेनीका अन्दाजी  ३५ वर्षीय अर्जुन विकलाई उपचारको लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।

जिल्ला प्रहरी कार्यालय सल्यानकाका अनुसार बिकको सल्यान जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।प्रहरीका अनुसार उकालोमा चढ्न नसकी अनियन्त्रित भई जिप सडकमै पल्टिएको थियो । बिकको शव अहिले पोस्टमार्टमको लागि अस्पताल सल्यानमा राखिएको जिल्ला प्रहरी कार्यालय सल्यानका जानकारी दिएको छ।
 

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार, ,  ९ : १६ बजे

प्रतिक्रिया दिनुहोस्