हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका बिर बहादुर वलीको उपचारको क्रममा निधन भएको छ।मृत्यु हुनेमा बागचौर नगरपालिका-१२ बाँफुखोलाका ४६ वर्षीय वीर बहादुर ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

बुधबार बिहान राप्ती राजमार्ग अन्तर्गत सल्यानको बागचौर नगरपालिका-५ बाङ्गेलाँखुरी बजार नजिकै रुकुमबाट दाङ जाँदै गरेको ना ७ ख ९७८२ नम्बरको टिप्परलाई सोही दिशाबाट आउँदै गरेको रा ४ प १४६७ नम्बरको मोटरसाइकले ओभरट्याक गर्ने क्रममा टिप्परले मोटरसाइकलाई ठक्कर दिएको थियो। सोही क्रममा मोटरसाइकल पछाडी सवार वली गम्भीर घाइते हुनु भएको थियो।गम्भीर घाइते वलीलाई तत्काल सल्यान अस्पताल लगिएको भएपनि त्यहाँबाट पनि रिफर भै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौ लगिएको थियो।

गम्भीर घाइते ओलीको थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ स्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नविन कार्कीले जानकारी दिनु भयो । 

प्रकाशित मिति : ९ फाल्गुन २०८०, बुधबार, ,  ९ : ४० बजे

प्रतिक्रिया दिनुहोस्