हामी परिक्षण प्रसारणमा छौ



दाङ । आफ्नो जन्मदिनको अवसर पारेर तुलसीपुरमा गंगा खड्काले मानव आश्रमलाई सहयोग गर्नुभएको छ।

सोमबार तुलसीपुर -५ नामिनगर निवासी  गंगा वली (खड्का)ले आफ्नो सुभ-जन्मदिनको अवसर पारेर मानवसेवा आश्रम दाङ तुलसीपुर गाइडरमा बस्नुभएका सबैलाई बिहानको भोजन गराउनु भएको छ।

गंगा वली (खड्का)ले आज जन्म दिनको अबसरमा गरेको पुनित कार्यबाट सबैले सकेजति सहयोग गर्न प्रेरित गरेको भन्दै प्रदेश सांसद रेखा शर्मा, नेकपा एमालेकि नेतृ एवं पुर्व रास्ट्रीयसभा सदस्य कोमल वली,ब्यवसायि मिनराज वली, सन्तोष खड्का,हरिकला भण्डारी लगायत मानव आश्रममा बस्नु भएका सम्पूर्णले गंगालाई धन्यवाद दिनुभएको थियो।

गंगाले भन्नुभयो,’मैले मानव आश्रम तुलसीपुरमा बस्नु भएका असाय आमाबुबा को अवस्था देख्दा मनमा आफ्नो जन्मदिनमा फजुल खर्च गर्नुभन्दा उहाँहरुका एक छाक खाना भएपनि खुवाएर मानबिय धर्म गरेको मात्र हो।’

यसैगरी यस्तै सहयोग गर्न चहानुहुने परोपकारी मनहरुको सहजतको लागितुलसिपुर,गाइडहर शाखाले ९८४३३४७६१४ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार, ,  ९ : १३ बजे

प्रतिक्रिया दिनुहोस्