हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यान बनगाड कुपिण्डे नगरपालिका ६ चौतारा निवासी ३६ वर्षकी धनसरा सुनारको आर्थिक अभावले उपचारमा समस्या देखिएको छ ।

विगत लामो समय देखि आर्थिक अभावमा उपचार गर्न नसकेर धनसराको अप्रेसन रोकिएको छ । केही आर्थिक सहयोग सङ्कल गरेर उपचार भैरहेको थियो । सहयोग सङ्कलन बाट ४ लाख ५० हजार रुपैयाँ सङ्कलन भएको र अहिले सम्म त्यही रुपैयाँले उपचार भएको धनसराको भनाइ छ। उहाँका अनुसार दुई वटा अप्रेसन भए ती दुई वटा अप्रेसनमा औषधि खर्चमा मात्र सबै पैसा सिद्धिएर खाना र बेडको खर्च दिन अझै बाँकी रहेको छ ।

अझै तिन वटा अप्रेसन गर्न बाँकी नै रहेपनि औषधि किन्ने समेत पैसा नभएकोले अप्रेसन समेत रोकिएको उहाँले दुखेसो पोख्नु भयो । धेरैले सहयोग गर्नु भयो उहाँहरुको सहयोगले नै उपचार भएकोमा धन्यवाद दिदै सवैको सहयोगले यति भएपनि उपचार गर्न सके अझै अब झन उपचार गर्ने पैसा नहुदा अस्पतालमा नै बस्न पनि गाह्रो भएको उहाँले बताउनु भयो । हाल उहाँको काठमाडौ स्थित टिचिङ्ग अस्पताल महाराजगन्जमा उपचार भैरहेको छ ।

बिगत केहि बर्ष देखि नसा सम्बन्धि रोगबाट ग्रसित धनसरा सुनारको ढाड र खुट्टाको नसा च्यापिएर ६ महिना देखी हिडडुल गर्न नसक्ने समस्या छ । उहाँको उपचार सुरुमा नेपालगन्ज मेडिकल कलेज, राष्ट्रिय ट्रमा सेन्टर पुरानो बानेश्वर, प्राकृतिक उपचार केन्द्र मध्यबानेश्वरमा रहेको हिमालयन प्राकृतिक योगा केन्द्र, अन्नपूर्ण न्युरो हस्पिटल लगायत धेरै ठाउँमा उपचार गरे तर केहि पनि सुधार भएन र स्वास्थ्य झन बिग्रिदै गयो र बायाँ खुट्टा चल्न छोडेपछि सहयोग सङ्कल उठाउन सुरु गरिएको उहाँले बताउनु भयो ।

डाक्टरको सुझाव अनुसार ढाड कम्मर र खुट्टामा गरि ४/५ ठाउँमा अप्रेसन गर्नु पर्छ भनेर सल्लाह दिनु भयो र आफू सङ्ग भएको सबै रकम अहिले सम्मको उपचारमा सकियो र अब अप्रेसन गर्ने आफु सङ्ग पैसा नभएको र सङ्कलन गरेको सबै पैसा सिदिए पछि अहिले उपचारको गर्ने असाध्यै गाह्रो भएको धनसराले बताउनु भएको छ । उहाँले भन्नुभयो,’धेरै सहयोगी मनहरुले सहयोग गर्नु भयो,अझै सहयोग गरिदिनु हुन सबैमा अनुरोध छ । ‘

सहयोगको लागि खाता नम्बर :-
Bank :- Laxmi sunrise Bank
Account Number :- 06920023783
Account Name :- Dhansara Sunar
Mobile banking :- 9866871556

प्रकाशित मिति : २५ फाल्गुन २०८०, शुक्रबार, ,  ४ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्