हामी परिक्षण प्रसारणमा छौ



सल्यान । फिनल्याण्ड सरकारको भ्रमण टोलिलाई बागचाैर नगरपालिकामा स्वागत तथा अन्तरक्रिया कार्यक्रम ।

फिनल्याण्ड सरकार बैदेशिक मामिला मन्त्रालय तथा सुस्वा परियोजना समन्वय इकाई कर्णाली प्रदेशबाट बागचाैर नगरपालिकाकाे भ्रमणमा आउनुभएका व्यक्तित्वहरुलाई स्वागत तथा सम्मान गरिएको छ ।

बागचाैर नगरपालिका सबैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता (सुस्वा) आयोजना अन्तर्गत संचालन भएका योजना एवम् क्रियाकलापहरुको बारेमा नगरपालिकामा महत्वपूर्ण अन्तरक्रिया तथा छलफल सम्पन्न भएको हाे ।

बागचाैर नगरपालिकाका पदाधिकारी सहितको भ्रमण टोलिले वडा नं. १० मा सञ्चालन भइरहेको गर्लेखाेला खानेपानी घोरलेटी खोला, ठुलाखोला, बाहुनटोल खानेपानी तथा सरसफाइ योजनाकाे स्थलमा अवलोकन तथा उपभोक्ता समिति र स्थानीयहरुसंग छलफल, अन्तरक्रिया गरेको छ ।

बागचाैर नगरपालिका फिनल्याण्ड सरकार र नेपाल सरकारकाे साझेदारीमा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना अन्तर्गत नगरपालिकामा खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा काम भइरहेको छ ।

फिनल्याण्ड सरकार बैदेशिक मामिला मन्त्रालयका प्रतिनिधीहरु (खानेपानी, सरसफाई तथा स्वच्छता क्षेत्रका वरिष्ठ सल्लाहकारहरु) युक्का इलोमोई, सान्ना ताकाला, मारियो मिलानेस, सारा अलानेन, पाउलीना, सुस्वा परियोजनाका अनुगमन तथा मुल्यांकन विज्ञ विमल शर्मा भट्टराई, सुशासन विज्ञ निराजन श्रेष्ठ, खानेपानी तथा सरसफाई सल्लाहकार राज कुमार डिसी लगाएत भ्रमणमा सहभागि हुनुभएको थियो ।

बागचाैर नगरपालिकाका नगर प्रमुख जनकराज गाैतम, उप-प्रमुख सुम्निमा डि.सी वली, प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, नगरपालिकाका कर्मचारी लगायतले अतिथिहरुलाई ढाँका टोपी, फूल, माला र टीका लगाएर स्वागत तथा सम्मान गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतबार, ,  ७ : ५८ बजे

प्रतिक्रिया दिनुहोस्