हामी परिक्षण प्रसारणमा छौ



१४ चैत्र, सल्यान ।
हिमालय लाई ईन्सोरेन्स लिमिटेडले सल्यानमा टी-सर्ट वितरण गरेको छ । जिल्लाको बागचौर नगरपालिका को ५ नं वडा मा आज स्थानीयहरुलाई १०० थान टी-सर्ट वितरण गरिएको हो । सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टी-सर्टहरु वितरण गरिएको लि.का ट्रेनिङ हेड हर्क बहादुर बुढाथोकीले बताउनुभयो ।

ट्रेडिङ हेड बुढाथोकीका अनुसार देशमा अनेक विपद का घटना पर्दा विभिन्न प्रकारका राहतका सामाग्री हरु आफ्नो लिमिटेडले वितरण गर्ने गरेको स्मरण गर्दै देशका विभिन्न बस्तिहरुमा पुगि बीमा लिमिटेड सधैँ जनताको साथमा रहेको बताउनुभएको छ ।

वितरण कार्यक्रममा स्थानीय जनप्रतिनिधि, बीमा कार्यक्रम मा चासो लिनेहरु तथा स्थानीय को उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार, ,  २ : १७ बजे

प्रतिक्रिया दिनुहोस्