हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिकाले तेस्रो नगर स्तरीय मेयर कप खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ ।  तेस्रो नगर स्तरीय मेयर कप २०८१ बैशाख १ गते देखि ३ गते सम्म बनगाड क्याम्पस कालागाउ सुनौलीबजारको खेलमैदानमा संचालन गर्ने नगर खेलकुद विकास समितिले जनाएको छ  ।

यस्तै शारदा नगरपालिकाको आयोजनामा रहेको पालिका स्तरीय क्रीकेट प्रतियोगिताको लागि बनगाड कुपिन्डे नगरपालिकाबाट खेलाडी सहभागिता गराउने मेयर कप खेलकुद प्रतियोगितामा  खेलाडी सम्बन्धित वडाको हुनु पर्ने,  एक खेलाडी दुई खेलमा मात्र सहभागि हुन पाउने,  २०८० चैत्र ३० गते भित्र वडाको सिफारिस सहित टिम दर्ता गरि सक्नुपर्ने छ खेलकुद विकास समितिले जनाएको छ ।  

 तेस्रो नगर स्तरीय मेयर कपमा भलिबल (पिुरुष र महिला) प्रथम  पुरस्कार ६०, हजार, द्वितीय ४० हजार तृतीय २० हजार  र सान्त्वना १० हजार रहने छ ।  फुटबल (पुरुष मात्र) पुरस्कार प्रथम रु ५० हजार र  द्वितीय ३० हजार , रस्साकस्सी .पुरुष र महिला)  प्रथम २५ हजार द्धितिय १५ हजार ,कबड्डी (पुरुष र महिला ) प्रथम रु। ३० हजार र द्वितीय २० हजार व्याडमिन्टन डबल पुरुष प्रथम रु १५, हजार र  द्वितीय १० हजार , सटफुट (पुरुष र महिला) प्रथम ४ हजार, द्वितीय ३ हजार र तृतीय २ हजार  , लम्जम्फ, हाइजम्प, १०० मि दौड पुरुष र महिला  प्रथम ४ हजार, द्धितिय ३ हजार र तृतीय २ हजार पुरुस्कार रहने छ । 

यस्तै ५०००मि दौड  पुरुष प्रथम ५ हजार, द्धितिय ४ हजार र तृतीय ३ हजार पुरस्कार दिने नगर खेलकुद समिति अध्यक्ष रिम बहादुर बिष्टले जानकारी दिनु भयो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहिबार, ,  १२ : ०५ बजे

प्रतिक्रिया दिनुहोस्