हामी परिक्षण प्रसारणमा छौ



फागुन‐१४, काठमाडौं । शुक्रबार बसेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधिसभाको अधिवेशन फागुन २३ मा आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

यसअघि सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद बिघटनलाई बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउने आदेश दिएको थियो । सर्वोच्चको फैसला कार्यान्वयन गर्दै संसद अधिवेशन बोलाउन आजको मन्त्रीपरिषद्को बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालतले गत मंगलबार संसद विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन परामादेश जारी गरेको थियो ।

 

प्रकाशित मिति : १४ फाल्गुन २०७७, शुक्रबार, ,  ९ : ०० बजे

प्रतिक्रिया दिनुहोस्