हामी परिक्षण प्रसारणमा छौ



दाङ । डिल्लीबहादुर वली तुलसीपुरका चर्चित ब्यापारी हुन । तर, उनको परिचय व्यापारीको रुपमा मात्रे सीमित राख्दा उनीमाथि अन्याय हुन्छ । उनी समाजको दुःख, सुखको सारथी पनि हुन् । कहिल्यै बाढी पहिरो आउँदा होस्, वा आगलागी हुँदा नै किन नहोस्, उनी राहात बोकेर दौडिने ब्यक्ती हुन् । हरेक ब्यक्तीलाई आफ्ट्यारो पर्दा कहिल्यै पनि पछि नहट्ने वली अहिले तुलसीपुर उद्योग बाणिज्य संघको खुल्ला पदका उम्मेदवार छन्

तुलसीपुर ५ बसपार्क ओरालोमा भिजन ट्रेडर्स सञ्चालन गर्दै आएका वली २३ बर्षदेखि तुलसीपुरमा ब्यबसाय गर्दै आएका ब्यक्ती हुन् । २०५९ सालमा खुद्रा ब्यबसायबाट सुरु गरेका उनी हाल थोक विक्रेताका रुपमा स्थापित छन् । २०३१ सालमा सल्यान शिवरथ जन्मिएका उनी लामो समय तुलसीपुरमा ब्यबसाय गर्दै आइरहेका छन्। हाल तुलसीपुर ५ बस्दै आएका छन् ।

उनी ब्यबसायीहरुको हक हितकालागि लामो समय आवाज उठाउँदै आएका ब्यक्ती हुन् । तुलसीपुर उद्योग बाणिज्य संघको सदस्य हुँदै सह–कोषाध्यक्ष तथा कोषाध्यक्ष समेत भएका ब्यक्ती हुन् । लामो समय उद्योग बाणिज्य संघमा आबद्ध भएका उनी ब्यबसायीहरुका हकहितमा बोल्ने ब्यक्ती हुन् ।

उनले ब्यबसायीलाई अफ्टेरो पर्दा सधै हाँजिर हुने ब्यक्ती हुन् । उनी पदमा हुँदा होस्, वा बाहिर हुँदा पनि उनी सधै ब्यबसायीको हक हितमा बोल्दै आएका ब्यक्ती हुन् ।“मैले पद भनिन्, सधै ब्यबसायीहरुको हक हितमा लागि रहेँ”,उनले भने“अब उपाध्यक्षको जिम्मेवारीमा रहेर झनै शसक्त आवाज उठाउने योजनामा छु ।” उनी कर प्रणाली, घर भाडा बृद्धिलगायतका विषयमा नियमित आन्दोलन गर्ने ब्यक्ती हुन् ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार, ,  ८ : १६ बजे

प्रतिक्रिया दिनुहोस्