हामी परिक्षण प्रसारणमा छौ



८,जेठ सल्यान ।
जिल्लाको धेरै विद्यार्थी भएको विद्यालयका रुपमा परिचित सरस्वती मा.वि.बागचौर ,४ पेदिखोला मा विद्यालय व्यवस्थापन समिति को चयन गरिएको छ । आज बसेको बृहत अभिभावक भेला द्वारा स्थानीय तथा समाजसेवी बागचौर नगरपालिका ४ का रामप्रसाद पुन लाई सर्वसम्मत रुपमा अध्यक्ष मा चयन गरिएको हो ।कृति बहादुर पुन प्रकाण्ड नेतृत्वको विद्यालय व्यवस्थापन समिति को अवधि सकिएपछि नयाँ समिति गठन गरिएको हो ।

करिव १ हजार १ सय विद्यार्थी रहेको उक्त विद्यालयको बृहत् भेला अघि राजनैतिक दलहरुका बिचमा समिति गठन प्रक्रियालाई सहज बनाउन कसरत गरिएको बुझिएको छ । उक्त कसरत बाट सहमति जुटेपछि बृहत् अभिभावक भेला बोलाई सहमतिमै वि.व्य.समिति गठन गरिएको हो । यस अघि विद्यालय व्यवस्थापन समिति गठन प्रक्रियालाई सहज गर्न ‘सहजिकरण समिति’ गठन गरिएको थियोे ।

सहजिकरण समितिको संयोजकमा बागचौर न.पा. वडा नं ४ का अध्यक्ष कृष्ण बहादुर बस्नेत रहनु भएको थियो । नवगठित समिति लाई विद्यालयका निवर्तमान अध्यक्ष कृति बहादुर पुन प्रकाण्ड ले टीका लगाएर बधाई दिनुभएको थियो साथै दिपक पुन ले मन्तव्य राख्दै स्वागत गर्नुभएको थियो ।

निर्विरोध चयन गरिएको समितिको सदस्य हरुमा डिल्ली बस्नेत, डिल्ली राज वली, खिमा कुमारी वली, धनमाया बस्नेत, सिर्जना बस्नेत, वडा अध्यक्ष कृष्ण बहादुर बस्नेत (पदेन सदस्य ),प्र.अ. नरेश कुमार के.सी. (सदस्य सचिव) रहनुभएको छ । शिक्षक प्रतिनिधि भने आगामी बैठकले चयन गर्ने बताईएको छ । बृहत् अभिभावक भेलाको सञ्चालन विद्यालयका सहायक प्र.अ. रवि किरण ओलीले गर्नुभएको थियो ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार, ,  ६ : २३ बजे

प्रतिक्रिया दिनुहोस्