हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भीर घाईतेहुनुभएको छ।
सदरमुकाम खलंगा बाट श्रीनगर आउदै गरेकाे भे १ ख ११८५ नम्बरको पिकअप भ्यान र श्रीनगरबाट खलंगा जाँदै गरेकाे रा ७ प १२९६ नम्बरको मोटरसाइकल आज दिउँसो १२ बजे तिर जिल्ला अस्पताल नजिकै एक आपसमा ठोक्किएर दुर्घटना परेका हुन ।
दुर्घटनामा मोटरसाइकल चालक संजय के सी.गम्भीर र मोटरसाइकल मा सवार प्रतिभा खड्का घाईते भएको जिल्ला ट्राफिक कार्यालय सल्यान ले जनाएको छ ।के.सी.को दायाँ खुट्टामा र हातमा गम्भीर चोट रहेको छ ।
गम्भीर घाईते के.सी.लाई थप उपचारका लागि नेपालगञ्ज पठाईएको तथा खड्का को अवस्था भने सामान्य रहेको छ । माेटरसाईकल चालक के.सी. शारदा नगरपालिका,सल्यान अन्तर्गत पशुशाखामा कार्यरत रहेका छन् । ठक्कर दिने दुबै सवारीसाधन प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८१, बिहिबार, ,  २ : ४८ बजे

प्रतिक्रिया दिनुहोस्