हामी परिक्षण प्रसारणमा छौ


 

१५ मंसिर २०७७, सोमबार, ,  

0
Shares

एजेन्सी । रक्सी एक नसालु पदार्थ हो जुन हाम्रो नसाको कोशहरुभित्र एकदमै छिटो छिरेर निस्किृय प्राय गर्न सक्दछ । तर कुनै पनि नसालु पदार्थहरु त्यस्ता कोषहरुलाई निस्कृय पार्नुअघि ती कोषहरुलाई उक्साएर उत्तेजित अवस्थामा पुग्ने बनाउँछ । त्यसैले रक्सीले पहिले उत्तेजकको काम गर्दछ ।

जसले गर्दा हाम्रो हाउभाउ र बोली केही छिटो हुन्छ, छाला अलि रातो हुन्छ, रक्तचाप र मुटुको धडकन बढ्छ अनि श्वासप्रश्वास प्रक्रिया छिटो हुन जान्छ । यसपछि रक्सीले मस्तिष्क माथि शक्तिहीनताको प्रभाव पार्दछ र मस्तिष्कको अन्य कार्यहरुमा असर पार्दछ र हाम्रो मानसिक अवस्थालाई नियन्त्रण राख्न सक्दैन । अतः रक्सीको सेवनले मानिसको शारीरिक र मानसिक शक्ति गुम्दछ ।

प्रकाशित मिति : १५ मंसिर २०७७, सोमबार, ,  १ : १९ बजे

प्रतिक्रिया दिनुहोस्