हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचौर नगरपालिका वडा नं ५ मा ३ महिने सिलाईकटाई तालिम सम्पन्न भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजना र बागचौर नगरपालिका को समन्वय मा सञ्चालित उक्त तालिममा १५ जना महिलाहरुको सहभागिता रहेको थियो ।

तालिम समापन कार्यक्रममा बागचौर नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि कठायत, उद्योग हित संरक्षण कार्यालयका प्रमुख श्रीकृष्ण देवकोटा ले आफ्ना धारणा राख्नु भएको थियो । उहाँहरुले आफुले सिकेको सीपलाई बिचमै नछोडेर लगनशील भएर काम गर्न आग्रह गर्नुभएको थियो । उहाँहरुका अनुसार राज्यले यस्ता तालिम मार्फत धेरै लगानी गरेको र त्यो लगानी लाई खेर नफाल्न अनुरोध गर्नुभएको थियो ।साथै आफुले गर्ने अबको व्यवसाय लाई दर्ता गरि करको दायरामा आई ढुक्क भएर व्यवसाय गर्न सुझाव दिनुभएको थियो ।

कार्यक्रममा ५ नं वडाका सदस्य हरु लाल बहादुर बुढाथोकी, रमेश शाह, रिता दमाई, लक्ष्मी वली रावत लगायतको उपस्थिति रहेको थियो ।
तालिमको प्रशिक्षक मा निम कुमारी थापा रहनुभएको थियो । यस वडामा अन्य सीपमूलक तालिम हरु विभिन्न समयमा हुँदै गरेका छन् । यसै वर्ष आरण सुधार तालिम सम्पन्न भईसकेको छ भने बाँसबाट निर्माण हुने मुढा बुनाई तालिम पनि सञ्चालन भईरहेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलबार, ,  ८ : २६ बजे

प्रतिक्रिया दिनुहोस्