हामी परिक्षण प्रसारणमा छौ




सल्यान । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) जिल्ला कमिटी सल्यानको नवाैं पूर्ण बैठक आज खलंगा सम्पन्न भएकाे छ ।

पार्टीका जिल्ला कमिटी अध्यक्ष हरि केसीको अध्यक्षता तथा पार्टी उपमहासचिव तथा कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाकाे प्रमुख आतिथ्यतामा भएकाे वैठकमा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज उदय वाेहरा केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्जहरु भद्रसिंह वुढा,लाेक वहादुर डाँगी,शारदा परियारले पार्टी महाधिवेशन केन्द्रीत निर्देशनात्मक मन्तव्य व्यक्त गर्नुभएकाे थियाे।

बैठकमा आउदाे अषाढ १६ देखि २० गते सम्म हुने पार्टीकाे राष्ट्रिय महाधिवेशनमा प्रस्तुत हुने दस्तावेजहरुमा छलफल भएकाे थियाे । वैठकले महाधिवेशनका लागी प्रतिनिधि छनाैटका लागि इन्द्र शर्मा संयाेजक,रामचन्द्र रेग्मी,युवराज वली,सुर्य शर्मा र शिव डाँगी सदस्य रहेकाे निर्वाचन समिति समेत गठन गरेकाे छ।


त्यस्तै सोही बैठकले सल्यानका १० वटै पालिका कमिटीका वैठक आयाेजना गर्ने निर्णय गरेकाे छ।उपाध्यक्ष भाेला केसीले स्वागत गरेकाे वैठककाे संचालन सचिव रमेशकुमार गाैतमले गर्नुभएकाे थियाे।

प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार, ,  ९ : ४१ बजे

प्रतिक्रिया दिनुहोस्