हामी परिक्षण प्रसारणमा छौ



सल्यान । बागचाैर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा मंगलबार नव नियुक्त नगर शिक्षकहरुलाई नियुक्ति प्रदान पदस्थापन तथा बधाई कार्यक्रम गरिएको छ ।

नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतमकाे अध्यक्षतामा कार्यक्रम गरिएको थियाे । नगरपालिका अन्तर्गत सामुदायिक विद्यालयहरुमा नगर शिक्षा समिति र शिक्षा परामर्श समितिले बिद्यार्थीकाे संख्या, शिक्षक संख्यालाई आधार बनाई एक कक्षा एक शिक्षक, जहाँ बिद्यार्थी त्यहाँ शिक्षककाे अवधारणा अनुसार विभिन्न मितिमा शिक्षक सङ्ख्या कम रहेकाे विद्यालयहरुमा नयाँ नियुक्तिका लागि माध्यमिक तह, निम्नमाध्यमिक तह, प्राथमिक तह र बालबिकासका लागि १२५ जना नगर अनुदान शिक्षक माग सम्बन्धि बिज्ञापन गरिएको थियोे ।

विभिन्न चरणमा भएको परिक्षामा सहभागी भई माध्यमिक तहमा ७, निम्नमाध्यमिक तहमा २२, प्राथमिक तहमा ६५ जना र बालबिकासमा १३ जना गरि जम्मा १०७ जना परिक्षामा सफल भएका थिए । विज्ञापन अनुसार विषयगत शिक्षक परिक्षामा सहभागी नभई बाँकी रहेकाे अपुग अनुदान शिक्षककाे पुनः विज्ञापन गरिने बताइएको छ ।

कार्यक्रममा नगर प्रमुख तथा नगर शिक्षा समिति अध्यक्ष जनकराज गाैतम, निमित्त प्रमुख प्रशासकीय अधिकृत हरि बहादुर कठायत, २ नं. वडा अध्यक्ष तथा शिक्षा समिति सदस्य दिपेश डि.सी, ८ नं. वडा अध्यक्ष शुशिल जङ्ग चन्द, ९ नं. वडा अध्यक्ष यज्ञ बहादुर डाँगि १२ नं. वडा अध्यक्ष तथा शिक्षा समिति सदस्य टिकाराम वली, शिक्षा शाखा प्रमुख चित्रा बस्नेत, शिक्षा शाखामा कार्यरत तिलक वली, नगर शिक्षा परामर्श समिति संयोजक हिरालाल न्यौपाने, लगायत नव नियुक्त शिक्षककहरुकाे उपस्थिति रहेको थियाे । कार्यक्रमकाे सहजीकरण शिक्षा शाखामा कार्यरत लक्ष्मीनारायण के.सीले गर्नुभएको हाे । तस्वीर :सन्जिव श्रवण देवकोटा

प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार, ,  ६ : २८ बजे

प्रतिक्रिया दिनुहोस्