हामी परिक्षण प्रसारणमा छौ



२० फागुन २०७७, काठमाडौं । सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति भएसँगै ‘विप्लव’ समूहमाथि लागेको बिहिबार साँझदेखि प्रतिबन्ध फुकुवा गरेको छ ।

बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले विप्लव समूहमाथि लगाएको प्रतिबन्धलाई फुकुवा गरेको हो ।
बिहिबार सरकार र विप्लव समूह बीच तीन बुँदे सहमति भएको थियो । आजको बार्तामा सरकारले विप्लवमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी गर्ने भएको छ भने विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयको समाधान संवादबाट गर्ने, राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने सहमति भएको छ ।

विप्लब समूहसँग बार्ताका लागि मंगलबार सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेतृत्वमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई सदस्य रहेको वार्ता समिति बनाएको थियो । यस्तै सरकारले वार्ता समिति बनाएको केही बेरमै विप्लव समुहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ संयोजक रहेको वार्ता समिति घोषणा गरेको थियो । विप्लव समूहको वार्ता समिति सदस्यमा उदयबहादुर चलाउने ‘दीपक’ रहेका छन् ।
शुक्रबार दिउँसो २ बजे राजधानीमा खुला कार्यक्रम मार्फत प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लब’ले संयुक्र रुपमा कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।

प्रकाशित मिति : २० फाल्गुन २०७७, बिहिबार, ,  ८ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्