हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानको सिद्ध कुमाख गाउँपालिकामा ८० जना सुत्केरी  आमाहरुलाई उपाध्यक्ष पोषण कोशेली बितरण गरिएको छ।

सिद्ध कुमाख गाउँपालिका वडा नम्बर २ र ३ का सुत्केरी आमाहरुको लागी लक्षित कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिकाका उपाध्यक्ष राम बहादुर बस्नेतले आफुहरुले वितरण गरेको सानो कोशेली ठुलो नभए पनि सुत्केरी आमाहरूलाई पोषणयुक्त खानेकुरा घर परिवारले समेत खुवान आवश्यक छ भन्ने सन्देश यसको रहेको बताउनु भयो।

गाउँपालिकाको सिनियर अनमि निरीक्षक मिना कुमारी शर्माद्वारा  संचालित उक्त कार्यक्रममा  वडा नम्बर २ र ३ का झन्डै ८० सुत्केरी आमाहरूलाई गाउँपालिकाको तर्फबाट अन्डा,खानेतेल वितरण गरिएको थियो। कार्यक्रमबाट आफुहरुले थोरै भएपनि पोषणयुक्त खानेकुरा पाउदा खुशी लागेको स्थानीय मिना बुढाथोकीले जानकारी दिनुभयो ।

प्रकाशित मिति : ५ असार २०८१, मंगलबार, ,  ७ : ५५ बजे

प्रतिक्रिया दिनुहोस्