हामी परिक्षण प्रसारणमा छौ



सल्यान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज आफ्नो दोस्रो स्थापना दिवस मनाउँदै छ । स्थापना दिवसको अवसरमा रास्वपाले बालाजुस्थित पार्टी कार्यालयमा चियापान कार्यक्रम गर्दैछ । यस्तै पार्टीको जिल्ला कार्यालय सल्यानले लुहापिङमा विभिन्न कार्यक्रमका साथ दोस्रो स्थापना दिवस मनाउँदै छ ।

सल्यान लुहापिङमा दिउँसो २ बजेदेखि  चियापान कार्यक्रमका साथ माबि स्तरीय हाजिरीजवाफ प्रतियोगिता समेत आयोजना गरिएको रास्वपाका सल्यान जिल्ला संयोजक ललित कुमार चन्दले जानकारी दिनुभएको छ।

चियापान कार्यक्रममा जिल्ला स्थित सबै राजनीतिक दलका प्रमुख ब्यक्तित्व लगायत अन्य सरोकार वाला सम्पूर्णलाई  निमन्त्रणा गरिएको रास्वपा सल्यानले जनाएको छ ।  


प्रकाशित मिति : ८ असार २०८१, शुक्रबार, ,  ११ : १९ बजे

प्रतिक्रिया दिनुहोस्