हामी परिक्षण प्रसारणमा छौ



सल्यान । दार्मा गाउँपालिका काे पन्ध्रौं गाउँ सभा ले आर्थिक वर्ष २०८१।०८२ को नीति, कार्यक्रम र बजेट तथा पास गरेकाे छ ।
दार्मा गाउपलिका काे गत शुक्रवार सुरु भएकाे पन्ध्रौं गाउँसभा काे पहिला बैठक मा गाउँपालिकाकाे अध्यक्ष निम वहदुर केसि नीति तथा कार्यक्रम पेश गरेका हुन् भने सभाकाे तेस्राे बैठक अर्थात आज उपाध्यक्ष जुना मल्ल ले अनुमानित बजेट पेश गरेकी हुन् ।

दार्मा गाउँ पालिकामा उत्पादन वृद्धि गर्दै गाउमै राेजगारि सृजना गर्ने कृषि क्षत्रकाे उत्पादन वजारिकरण गरि कृषककाे अायस्तर सुधार गर्ने प्रभावकारि सेवा प्रवाह मार्फत सुसासन र मितव्यिता कायम गर्ने विकाश साझेदार निकायसंग निरन्तर सहकार्य मार्फत राेजगारिकाे अवसर सिर्जना गर्ने, आर्थिक ,भाैतिक ,
सामाजिक र वातावरणियक्षत्रकाे दिगाे पुर्वाधार विकाश मार्फत समुन्नत र सुदृढ गाउँ पालिका वनाई राष्टकाे विकाश मा टेवा पुर्याउने परिकल्पनालाई साकार पार्न स्थानीय तहको अधिकारको उपयोग गर्ने गाउँपालिकाको लक्ष्य रहेको छ । आगामी आर्थिक वर्षको लागि गाउँपालिकाले ३९ करेाड ६० लाख ६४ हजार ६३६ रुपैयाँको अनुमानित बजेट ल्याएको हो ।

कृषि विकास, पशु सेवा तथा सिंचाई, पर्यटन प्रवद्र्धन तथा कला संस्कृती संरक्षण, खानेपानी, सरसफाइ, शिक्षा, युवा तथा खेलकुद विकास, स्वास्थ्य तथा आयुर्वेद सेवा, पूर्वाधार तथा यातायात, महामारी, विपद व्यवस्थापन तथा वन, वातावरणका क्षेत्रमा काम गर्नेगरी गाउँपालिकाले विभिन्न नीति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिका अध्यक्ष निम बहादुर केसि ले पेश गरेको नीति तथा कार्यक्रममा लैंगिक समानता, महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाजकल्याण, सहकारी तथा उद्यम विकास र गरिवी निवारण, श्रम तथा रोजगार, राजस्व प्रशासन तथा प्रवद्र्धन, गाउँ प्रहरी, सूचना प्रविधि, सुशासन तथा सेवा प्रवाह, आन्तरिक लेखा परिक्षण तथा जीन्सी व्यवस्थापन र कानुन, न्याय तथा मानव अधिकारको क्षेत्रलाई समावेश गर्दै विभिन्न योजना, क्रियाकलाप तथा अभियान सञ्चालन गर्ने उल्लेख गरिएको छ ।

धार्मीक तथा पर्यटकीय रुपमा महत्वपूर्ण गन्तव्यको रुपमा रहेको मालिका लेक , मलिवाङ गुफा, दार्माकाेट भगवती मन्दिर लगायत गाउँपालिकामा पर्यटन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको आधार स्तम्भका रुपमा विकसित गर्दै पर्यटनको लाभ सर्वसाधारणसम्म पुग्ने नीति लिइएको छ ।
गाउँपालिकाका सबै नागरिक समक्ष स्वच्छ र दिगो खानेपानीको व्यवस्थापनका लागि एक घर एक धारा भन्ने मुल नाराका साथ खानेपानी सरसफाइ तथा स्वच्छता क्षेत्रमा उल्लेख्य लक्ष्य हासिल गर्न बैदेशिक दातृनिकाय, संघसंस्था तथा परियोजनाहरुसंगको सहकार्य र साझेदारीलाई बढाउँदै लैजाने दार्मागाउँ पालिका को नीतिमा उल्लेख छ ।

स्थानीय पाठ्यक्रमको पाठ्यपुस्तक छपाई सहित पठनपाठनमा प्रयोगमा ल्याउने, विद्यालय क्षेत्र सुधारका विभिन्न कार्यक्रम सञ्चालन गर्ने, खेलकुदका क्रियाकलापलाई संस्थागत रुपमा सञ्चालन गर्ने, स्वास्थ्य संस्थाहरुको आवश्यकता र औचित्यको आधारमा पुनरावलोकन संगै कायम भएको स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने औषधि, उपकरण, जनशक्ति र सुविधाको प्रवन्ध मिलाउने तथा आयुर्वेद उपचार पद्धतीलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने गाउँपालिकाको नीति रहेको छ ।

पूर्वाधार र यातायात क्षेत्रमा गुणस्तरिय र दिगो विकास गर्ने तथा जताततै सडकको ट्रयाक खोल्दा वातावरणमा नकारात्मक असर पर्ने भएकाले त्यस कार्यलाई निरुत्साहित गर्ने दार्मागाउँपालिका काे आगामी नीति रहेको छ भने गाउँपालिका भित्र सम्भावित विपदको पूर्व जानकारी गराउने तथा उद्धार, राहत, पुनस्र्थापना र विकासका लागि विपद जोखिम न्युनिकरण योजना तयार गरी लागु गर्ने र जनचेतनाका कार्यहरू सञ्चालन गरी नागरिकलाई विपद्का समयमा आफैं जोगिन र सुरक्षित रहन सक्षम बनाइने उल्लेख छ ।

लैंगिक उत्तरदायी तथा अपाङ्गता समाबेशी बजेट व्यवस्थापन गर्ने देखि असहाय, जोखिममा परेका, सामाजिक र पारिवारिक वहिस्कारमा परेका तथा विपन्न वर्गका व्यक्तिहरुलाई न्यूनतम रोजगारमा समावेश्वरीको नीति रहेको छ । विकास निर्माण एवम् सेवा प्रवाहसँग सम्वन्धित गतिविधि तथा क्रियाकलापहरुलाई नागरिक समक्ष तत्काल सम्प्रेषण गर्न सूचना प्रविधिको उपयोग गर्ने, गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउने, भ्रष्ट्राचारमा शून्य सहनशिलता अनुशरण गर्ने तथा गाउँपालिकाले निर्माण गर्ने कानुन, नियम, मापदण्ड, कार्यविधिलाई मिडियामैत्री बनाउने पनि प्रस्तुत नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

न्यायीक समितिको प्रभावकारीतालाई बढाउने, स्थानीय तहमा कानून तर्जुमा र कार्यान्वयन गर्दा मानव अधिकार संरक्षण, सम्वद्र्धन र विकासलाई प्राथमिकता दिने लगाएतका विषयहरुलाई समेटिएको दार्मा गाउँपालिकाको नीति तथा कार्यक्रममा चालु आर्थिक वर्षको हाल सम्मको प्रगति समिक्षा पनि गरिएको छ ।

प्रकाशित मिति : १२ असार २०८१, मंगलबार, ,  ८ : २९ बजे

प्रतिक्रिया दिनुहोस्