हामी परिक्षण प्रसारणमा छौ



असार ।राप्ती लोकमार्ग स्थित सल्यानको कपुरकोटमा घोषणा गरिएको ग्रीनबेल्ट जोन क्षेत्रमा वृक्षारोपण गरिएको छ । राष्ट्रिय बृक्षारोपण दिवसको अवसर पारेर डिभिजन बन कार्यालय र बनस्पती अनुसन्धान केन्द्र सल्यानको आयोजनामा शुक्रबार ग्रीनबेल्ट जोन क्षेत्रमा कपुर, सिरिङे लगाएतका विरुवा रोपण गरिएको हो ।

सो अवसरमा बोल्दै कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा बहादुर पुनले गाउँपालिकाको निति तथा कार्यक्रममा ग्रिनवेल्ट जोन कार्यक्रमको अबधारणालाई बिशेष प्राथामिकताका साथ समेटेको बताउनुभयो । राप्ती लोकमार्ग अन्तर्गत दक्षिणतर्फ कालिका मन्दिर नजिक रहेको ट्राफिक प्रहरी पोष्ट देखि मुलपानी बनस्पती उद्यान बिचको करिब ४ किलोमिटर सडक क्षेत्रलाई ग्रिन वेल्ट जोन क्षेत्र बनाइएको पुनको भनाई छ । हरियाली विकास, निमार्ण तथा संरक्षण कार्य अन्तर्गत वृक्षारोपण गरिएको हो । कर्णाली प्रदेशको प्रवेशद्वार मानिने कपुरकोटको करिव ४ किलोमिटर क्षेत्रमा कपुर, मलागिरी, काफल, गुराँस, रुद्राक्ष, तेजपात लगायतका बिरुवा रोपण गरी प्लाण्ट गार्ड सहित निर्माण गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बनस्पती अनुसन्धान केन्द्र मुलपानीका प्रमुख डा. मित्र पाठकले गाउँपालिकाले ग्रिनवेल्ट जोन क्षेत्र घोषणा गरेको क्षेत्रमा बिरुवा रोप्न चाहानेहरुका लागि आफुहरुले बिभिन्न प्रजातीका बिरुवा निःशुल्क उपलब्ध गराउने बताउनुभयो । बृक्षारोपणले बाताबरणलाई सन्तुलित गर्नुको साथै आयआर्जनको प्रमुख श्रोतका रुपमा पनि सदुपयोग गर्न सकिने उहाँको भनाई छ । यस्तै सब डिभिजन बन कार्यालय कपुरकोटका बन अधिकृत अञ्जना शर्माले कपुरकोट गाउँपालिकाले थालनी गरेको ग्रिनवेल्ट जोनको अबधारणालाई सहयोग पुर्याउने उदेश्यले कपुरकोटमा बृक्षारोपन गरेर राष्ट्रिय बृक्षारोपन दिवस मनाइएको बताउनुभयो।

ग्रिनवेल्ट जोनको अबधारणा अनुसार कुनै पनि कार्यालय, संघ संस्था वा ब्यक्तिले आफ्नो बिशेष दिन तथा दुर्घटनामा परी ज्यान गुमाएका आफन्तीको सम्झनामा परिचय झल्कने बोर्ड सहितको प्लान गार्ड राख्न सकिने ब्यबस्था मिलाइएको कपुरकोट गाउँपालिकाले जनाएको छ । साथै सचेतनामुलक स्तम्भ, होर्डिङ बोर्ड लगायतका सचेतनाका सामाग्री समेत राखिने बताइएको छ ।

प्रकाशित मिति : १५ असार २०८१, शुक्रबार, ,  १० : ५१ बजे

प्रतिक्रिया दिनुहोस्