हामी परिक्षण प्रसारणमा छौ



फागुन २४, सल्यान । सल्यानमा विभिन्न कार्यक्रम गरी १११ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ ।

‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार ’ भन्ने मुल नाराका साथ  जिल्लाभर भव्य रुपमा महिला दिवस मनाइएको हो । सदरमुकाम सल्यान खलंगा टुडिखेलबाट शुरु भएको र्यालीले पुरानो बसपार्क, ठण्डी सडक परिक्रमा गर्दै जिल्ला समन्वय समितिको हलमा पुगेर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

शारदा नगरपालिका उपप्रमुख साबित्रा बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबि हुमागाई खतिवडाको प्रमुख आतिथ्यता भएको थियो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी लक्ष्मण वलीले कार्यपत्र प्रस्तुत गरेका थिए । शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानको आयोजना तथा हरप्लेस सल्यान, इन्सेक सल्यान, दलित विकास समाज सल्यान, ग्रामीण महिला उत्थान केन्द्र सल्यान, समृद्धिका लागी सहकार्य नेपालको सहआयोजनामा कार्यक्रम संचालन गरिएको हो ।

नगरपालिकाका कार्यरत सिता गिरीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको संचालन महिला अधिकार रक्षक संजाल सल्यानका अध्यक्ष सोबिता बस्नेतले गरेकी थिइन् ।

बागचौरमा पनि मनाइयो महिला दिवस

बागचौर नगरपालिका वडा नम्बर ‐५, को बाउँनठानमा विभिन्न कार्यक्रम गरि दिवस मनाएको छ । बागचौर नगर उपप्रमुख कल्पना पुनको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला वक्तृत्वकला, लोक गीत, लोक दोहोरी र घैटोफोर प्रतियोगिता गरिएको थियो ।
यस्तै वडा नम्बर १० ले साविक ९ वटा वडाका आमा समूहलाई सम्मान, घैटो फोर्ने कार्यक्रम र लोकदोहोरि गित प्रतियोगिता कार्यक्रमको आयोजना गरी नारी दिवस भव्य रूपमा मनाएको वडाले सल्यानन्युजलाई जनाएको छ ।

त्यसैगरी सल्यानको पश्चिम क्षेत्रमा रहेको बनगाड कुपिण्डे नगरपालिकामा पनि नगरपालिकाको आयोजना र सुआहारको सहकार्यमा प्लेटकार्ड सहितको र्याली निकालिएर दिवस मनाइएको छ ।

कोणसभामा परिणत भएको उक्त कार्यक्रममा कार्यक्रममा देवस्थल स्वास्थ्य चौकी इन्चार्ज भुमा बुढाथोकी, सुआहार प्रतिनिधि सुकलाल परियार, रिणि संस्था बाके प्रतिनिधि सृष्टि शाह, सामी परियोजना सुनिता पुन, विपना बुढाथोकी लगाएतले मन्तव्य राखेका थिए ।

बनगाड कुपिण्डे नगरपालिका नगर उपप्रमुख मन्जु यरिको अध्यक्षतामा भएको उक्त कार्यक्रमको संञ्चालन महिला शाखा प्रमुख निरु शाहिले गरेकी थिइन् ।

उता कपुरकोट गाउपालिका वडा नम्बर ३ मा पनि विविध कार्यक्रम गरिएको छ । कार्यपालिका सदस्य ललिता गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अथिति वडा नम्बर ३ का वडाअध्यक्ष मीन बहादुर सेन रहेका थिए । यस्तै शोमबार साँझ सल्यानको सदरमुकाम खंलगामा दिप प्रज्वलन समेत गरीएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७७, सोमबार, ,  १० : १७ बजे

प्रतिक्रिया दिनुहोस्