हामी परिक्षण प्रसारणमा छौ



सल्यान । आज असार १५अर्थात ‘मानो रोपेर मुरी फलाउन’ दिनको रुपमा मनाउने पर्व धान दिवस ।

‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नाराका साथ २१ औँ राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी सल्यान संगै मुलुकभर मनाइँदै छ । केन्द्रमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो । कृषि पेशामा लागेक सम्पूर्ण किसानलाई हौसला पुर्‍याउन प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।

आजको दिनलाई दही चिउरा खाने दिनका रुपमा पनि लिइन्छ । आजको दिन दही चिउरा खानु संस्कृति नै बनेको छ ।धान नेपालको प्रमुख खाद्यान्न बाली हो ।धानको उत्पादन बढ्दा कूल गार्हस्थ्य उत्पादनमा वृद्धि हुन्छ ।

सरकारका अनुसार कृषि क्षेत्रबाट प्राप्त कूल गार्हस्थ्य उत्पादनमध्ये धानको योगदान १२ प्रतिशत छ । राष्ट्रिय उत्पादन (जिडिपी) मा कृषि क्षेत्रको योगदान भने ३३ प्रतिशत छ ।आज सल्यानमा पनि विभिन्न कार्यक्रमका साथ २१ औँ राष्ट्रिय धान दिवस मनाइदै छ।

प्रकाशित मिति : १६ असार २०८१, शनिबार, ,  ८ : २५ बजे

प्रतिक्रिया दिनुहोस्