सल्यान । नेपाल पत्रकार महासंघले सदस्यताको विवाद टुंगो नलगाईकन महासंघ केन्द्र,प्रदेश र जिल्लाको नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरेको विरुद्ध नेपाल प्रेस युनियन केन्द्रीय समितिको निर्णय अनुसार युनियनले देशैभरीका पत्रकार महासंघको कार्यालयमा ताला लगाउने क्रममा आज सल्यान शाखामा पनि ताला लगाएको  छ ।

नेपाल पत्रकार महासंघ सल्यान शाखाको कार्यालयमा नेपाल प्रेस युनियनका केन्द्रीय परिषद सदस्यद्वय सनत कुमार शर्मा र सचेत शाह,जिल्ला अध्यक्ष लोकमान चन्द,युनियनकर्मि आशिष केसी,पदम गिरि,योगराज विक लगायतको उपस्तिथिमा तालाबन्दी गरिएको हो।

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समिति र नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा धेरै चोटि ध्यानाकर्षण गराउदा समेत निर्वाचन प्रक्रिया एक्कासी अगाडि बढाएको र केन्द्रीय निर्वाचन समितिले समेत अन्तिम नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अगाडि वढाएकोले विरोध स्वरुप पत्रकार महासंघ सल्यान शाखाको कार्यालयमा तालाबन्दी गर्नु परेको नेपाल प्रेस युनियनका केन्द्रीय परिषद सदस्य सनत कुमार शर्माले जानकारी दिनुभयो ।


प्रेस युनियन सल्यानका अध्यक्ष लोकमान चन्दका अनुसार पत्रकार महासंघका केन्द्रीय अध्यक्ष तथा महासचिवले नेपाल प्रेस युनियनसँग गरेको प्रतिवद्धताबारे कुनै चासो नराखी सदस्यताको बिबाद नटुंग्याएर एकपक्षिय निर्वाचन प्रक्रिया अगाडि वढाएमा थप आन्दोलनका कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने तयारी युनियनले गरेको छ।

Error generating audio.

प्रकाशित मिति : १६ असार २०८१, शनिबार, ,  ७ : ०८ बजे

प्रतिक्रिया दिनुहोस्