हामी परिक्षण प्रसारणमा छौ



सल्यान । सल्यानमा स्कुल बस र मोटरसाइकल ठोकिदा मोटरसाइकलमा सवार दुई जना घाइते हुनुभएको छ । 

बुधबार दिउँसो सल्यान छत्रेश्वरी गाउँपालिका-६ ,भोटेचौरमा  रा १ ख६०४ नम्बरको मोर्डन तुल्सी बोडिङ स्कुलको बस र  रा ६ प ७७३० नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।  

एक आपसमा ठोकिदा मोटरसाइकलमा सवार सल्यान शारदा नगरपालिका १ श्रीनगरका मोटरसाइकल चालक ३६ वर्षीय संगीत खड्की र शारदा नगरपालिका-२ का सञ्जय विक घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाका अनुसार खड्कीको श्रीनगर स्थित मेट्रो अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको र विकको श्रीनगरमा उपचार भइरहेको छ।

facebook sharing button
messenger sharing button
sharethis sharing button

प्रकाशित मिति : २० असार २०८१, बुधबार, ,  ७ : ४६ बजे

प्रतिक्रिया दिनुहोस्