हामी परिक्षण प्रसारणमा छौ



सल्यान।सल्यानको बागचौर नगरपालिका-४,पेदिखोलामा आँधी आउँदा हुर्कन लागेको मकै बारीमा ठुलो क्षति भएको छ ।
वडा नम्बर- ४,का वडा अध्यक्ष कृष्ण बस्नेतका अनुसार आइतबार दिउँसो आएको ठुलो आँधीले गर्दा पेदिखोला आसपासका सयौं किसानका मकै बाली ढल्दा लाखौंको क्षति भएको छ।
यता आफुहरुको ठुलो मेहनतले भर्खर ठुला हुन लागेका मकैका बोट आँधीले ढालेर आफ्नै आँखा अघि स्वाहा हुँदा आफुहरुले गरेको मेहनत त्यसै खेर गएको र अब के कसरी अन्नको जोहो गर्ने ? भन्नेमा आफुहरु पिडामा रहेको स्थानीय महेश कुमार वलीले सल्यानन्युज संग बताउनु भयो।

प्रकाशित मिति : २५ असार २०८१, सोमबार, ,  ७ : २० बजे

प्रतिक्रिया दिनुहोस्