हामी परिक्षण प्रसारणमा छौ



२५ असार,सल्यान ।

जिल्लाको बाङ्गेलाखुरी-फारुला-चौरजहारी सडकखण्ड अन्तर्गत बागचौर नगरपालिका वडा नं ५ खुरखुरेमा झरेको  पहिरो  हटाई हिजो रातिदेखि  सडक सुचारु गरिएको छ । २४ गते रातिसम्म को अविरल वर्षाका कारण उक्त स्थानमा पहिरो झरेको थियोे ।

यातायात सुचारु भए संगै हरेक वर्ष जाने पहिरोबाट जोखिम रहेको माथिको दलित बस्तिको समस्या समाधानका लागि वडा तथा नगर सरकार लागिपरेको बागचौर नगरपालिका वडा नं ५ का अध्यक्ष जोगेन्द्र  वली ले जानकारी दिनुभएको छ । १५ घरधुरी रहेको बस्तीमा ५ घर अति जोखिममा रहेका छन् ।

साथै अध्यक्ष वलीका अनुसार बाङ्गेलाखुरी (जिरो पोईन्ट) देखि ग्रावेल,नाला तथा आवश्यक ठाउँमा जाली समेत गरि २ करोड बजेट छिट्टै कार्यान्वयन हुनेछ । यो २-२ किलोमिटर का दुई भागमा विभाजन गरि काम गरिने भएको छ ।उक्त सडक निर्माणका क्रममा उक्त जोखिममा रहेको बस्ती लाई जोगाउन आवश्यकता अनुसार काम गरिने अध्यक्ष वलीले सल्यानन्यूज लाई जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : २६ असार २०८१, मंगलबार, ,  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्