माक्र्सवादी ज्ञानकेन्द्र कर्णाली प्रदेश समितिको बैठक सम्पन्न भएको छ । भर्चुअल माध्यम बाट भएको बैठकमा यहि भाद्र १५ गते हुने ज्ञानकेन्द्रको केन्द्रीय चौथो साधारण सभा तथा दोस्रो अधिवेशनमा प्रस्तुत हुने मस्यौदा माथि छलफल भएको थियो ।

बैठकमा उक्त ज्ञानकेन्द्रका आजीवन सदस्य ,१५ जिल्लाबाट प्रतिनिधित्व गर्नेहरु र एसोसिएट सदस्यहरु बाट मस्यौदा सम्बन्धि सुझाव संकलन गरिएको र माक्स्रवादको रक्षा,पणरयोग र विकास गर्न सबैले योगदान गर्नुपर्ने सहभागीहरुले बताएको समितिका सचिव रविकिरण ओलीले जानकारी दिनुभएको छ ।

बैठकमा ज्ञानकेन्द्रका केन्द्रीय अध्यक्ष मनहरी तिमिल्सिना, केन्द्रीय सचिव रेशम कुमार अधिकारी,सिंजा गाउपालिका अध्यक्ष पूर्ण प्रसाद धिताल,शिक्षक अगुवा रेश्मीलाल चपाई,टेक बहादुर डिसि, देवराज चौलागाईं लगायतको उपस्थिति रहेको थियो । आगामी १५ गते हुने ज्ञानकेन्द्रको केन्द्रीय अधिवेशनमा कर्णाली प्रदेशबाट उल्लेख्य सहभागी गराउने लक्ष्य रहेको कर्णाली प्रदेश अध्यक्ष जेएस. धितालले जनाउनुभएको छ ।

गोविन्द प्रसाद खड्काको स्वागत मन्तव्य बाट सुरु भएको बैठकको अध्यक्षता अध्यक्ष धिताल र सहजिकरण सचिव ओलीले गर्नुभएको थियो ।

Error generating audio.

प्रकाशित मिति : ११ भाद्र २०८१, मंगलबार, ,  ५ : २५ बजे

प्रतिक्रिया दिनुहोस्