काठमाडौं । नेकपा एकीकृत समाजवादीको पदाधिकारीका लागि भएको निर्वाचनको अन्तिम परिणाम आएको छ ।
महिला उपाध्यक्षमा जयन्ती राई निर्वाचित हुनुभएको छ ।उहाँको प्रतिस्पर्धी रामकुमारी झाँक्री पराजित हुनुभएको छ। यस्तै, मधेशी उपाध्यक्षमा धर्मनाथ साह निर्वाचित हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी रामचन्द्र झा पराजित हुनुभएको छ ।
यस्तै, खुलातर्फ उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित हुनुभएको छ ।उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित हुनुभएको छ ।
सचिवमा दलितबाट गणेशबहादुर विश्वकर्मा, आदिवासी जनजातिबाट बलदेव चौधरी, खुलाबाट शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्रा कुमारी भुसाल र श्रीनाथ बराल निर्वाचित हुनुभएको छ ।
वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसहमत चुनिनुभएको थियो ।