हामी परिक्षण प्रसारणमा छौ

सहयोगी साकोसको १४ औं वार्षिक साधारण सभा भदौ २९ गते हुने

साधारण सभामा उपस्थित हुने सदस्यलाई बम्पर उपहार !



तुलसीपुर । दाङ तुलसीपुर उपमहानगरपालिका-५, स्थित मुख्य कार्यालय रहेको सहयोगी वचत तथा ऋण सहकारी संस्था लि.को  १४ औं वार्षिक साधारण सभा यही भदौ २९ गते हुने भएको छ ।

तुलसीपुर अरनिको मैदान नजिक रहेको समिक्षालय हलमा बिहान ११ बजे साधाणसभा हुने संस्थाका सचिब दुर्गा प्रसाद शर्माले जानकारी दिनुभयो ।शर्माका अनुसार साधारण सभामा १६ वटा विषय उपर छलफल गरी पारित गर्ने कार्यतालिका रहेको छ । 

सहयोगी साकोसले देशमा पछिल्लो समय देखिएको आर्थिक संकटको बीचको समयमा समेत राम्रो प्रगती गर्न सफल भएको छ ।साकोसमा आबद्ध सदस्यहरुको मन जित्दै सहकारीहरुको भिडमा आफूलाई अब्बल सावित गराएको संस्थाका अध्यक्ष डिलाराम बिष्टले बताउनुभयो । अध्यक्ष बिष्टका अनुसार संस्थाले प्रदान गर्ने छिटो छरितो सेवाका कारण पछिल्लो समय सदस्यहरुको संस्थाप्रतिको विश्वास झन् बढ्दै गएको हो।

संस्थाले गत आर्थिक वर्षको असार मसान्तसम्म १ करोड ४७ लाख ७५ हजार तिन सय शेयरपुँजी, १ करोड २९ लाख ८३ हजार २ सय ८८ साधारण जगेडा कोष र १२ करोड ६२ लाख ८ हजार २ सय ६७ बचत संकलन गरी संस्थाले ११ करोड ५ लाख ६६ हजार ९ सय चार रुपैयाँ लगानी गरेको छ। संस्थाले गत आ.व.मा खुद नाफा ३७ लाख ११ हजार ७ सय ५० रुपैयाँ गरेको साकोसका ब्यबस्थापक माधब केसीले जानकारी दिनुभयो ।

ब्यबस्थापक केसीका अनुसार  संस्थाले यसबर्ष सदस्यहरुलाई शेयर लाभांश ९ प्रतिशत,बचत तर्फ संरक्षित पुँजी फिर्ता कोषबाट २.९७ प्रतिशत  र  ऋणतर्फ ३.०१ प्रतिशत लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्नेछ । २०६७ सालमा स्थापना भएको सहयोगी साकोसमा  हाल १ हजार ८ सय ७६ जना सदस्य आवद्ध हुनुहुन्छ ।

यसैगरी यहि २९ गते हुन गइरहेको साधारण सभा मा उपस्थित हुने सदस्यहरु मध्ये गोला प्रथाबाट भाग्यशाली सदस्यलाई बम्पर उपहार दिने निर्णय गरेको संस्थाले जनाएको छ। साधारण सभाको अवसरमा आ.व. २०७९/८० का उत्कृष्ठ वचतकर्ता, ऋणी सदस्य, बाल वचतकर्ता, दैनिक वचतकर्ता, उत्कृष्ठ कर्मचारी ,उत्कृष्ट ऋणी सदस्य र सहयोगी साकोसको साधारण सभाको दिन अर्थात भदौ २९ गते आबद्ध हुने नयाँ सदस्यलाई प्रमाण-पत्र सहित सम्मान गरिने संस्थाका उपाध्यक्ष लालबहादुर केसीले जानकारी दिनुभयो।


प्रकाशित मिति : २४ भाद्र २०८१, सोमबार, ,  १ : ५३ बजे

प्रतिक्रिया दिनुहोस्