हामी परिक्षण प्रसारणमा छौ



सल्यान । प्रगतिशिल व्यबसायीक प्यानलले बुधबार पनि सल्यानमा प्रचार अभियानलाई तिब्र पारेको छ । आज श्रीनगर बजारका सबै पसलमा गएर व्यबसायीलाई भेटघाट गर्नुकासाथै घरदैलो अभियान सञ्चालन गरिएको छ ।

अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार थापा, बरिष्ठ उपाध्यक्ष हरिलाल डि.सी, बाणिज्य उपाध्यक्ष बिरेन्द्र प्रकाश भण्डारी,उद्योग तर्फका उपाध्यक्ष उम्मेदवार शंकर एरी, महासचिव पदका उम्मेदवार मोहन सारु, सचिव पदका उम्मेदवार विकाश डि.सी,कोषाध्यक्ष अशोक कुमार बोहरा,महिला सदस्यहरु छपी वली,हिरा चन्द,बिमला गिरी,दलित सदस्य प्रकाश परियार एन.वि.,जनजाति सदस्य निरज सिंह,अल्पसंख्यक सदस्य मोहमद अक्तर राजा,खुल्ला सदस्यहरु रेशमबहादुर खड्का, सिता के.सी,भुवन भट्ट,जयराम सिंह,पल्वीर नेपाली,हरी बहादुर दमाई,ईश्वरी प्रसाद गौतम र वस्तुगत सदस्य राकेश जैशीले प्रचार अभियानलाई तिब्र पारेका छन् ।

पहिले पनि सल्यान उद्योग बाणिज्य संघको नेतृत्व गर्ने बामपन्थीले अवसर पाएकोले अघिल्ला कार्यसमितिले गर्न नभ्याएका कार्यहरु यसपटकको कार्यसमितिले काम गर्ने अवसर पाएमा व्यबसायीका समस्याहरु हल गर्ने प्रतिबद्धता जनाएका छन् । उनीहरुले व्यबसायी हकहितकालागि फेरी पनि बामपंन्थी प्यानलको रुपमा आएको प्रगतिशिल व्यवसायिक टिमलाई काम गर्ने अबसर प्रदान गर्न व्यबसायीसंग आग्रह गरेका छन् ।

त्यस अवसरमा नेकपा (माओवादी केन्द्र) सल्यानका संयोजक कर्णबहादुर बुढाथोकी (छहारी),बागचौर नगरपालिकाका प्रमुख लोकमान बुढाथोकी‘एल्मान’, उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष बिर बहादुर चलाउने लगायत अन्य नेता तथा कार्यकर्ताले अभियानमा सहभागिता जनाएको चुनाब प्रचार–प्रसार उपसमितिका संयोजक बीर बहादुर चलाउनेले सल्यानन्युजलाई जानकारी दिए । चुनाब यही फागुन २९ गते हुँदैछ ।

प्रकाशित मिति : २६ फाल्गुन २०७७, बुधबार, ,  १० : ४० बजे

प्रतिक्रिया दिनुहोस्