काठमाडौं । आजबाट मौसममा क्रमिक सुधार हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

(आइतबार) आज बिहान ८:२४ बजे सूचना जारी गर्दै  महाशाखाले आगामी मंगलबारसम्म ठूलो वर्षाको सम्भावना कम रहेको जनाएको छ। तर अझै पनि वर्षा जारी नै रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ।

महाशाखाले जारी गरेको सूचनामा भनिएको छ- ‘विगत केही दिनदेखि देशभरको मौसमी अवस्थामा आजबाट सुधार हुने सम्भावना छ। आगामी तीन दिनका लागि भारी वर्षाको सम्भावना न्यून छ। तर, आगामी २४ घण्टाका लागि कोसी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन समेतमौसम पूर्वानुमान महाशाखालेअनुरोध गर्दछ।’

Error generating audio.

प्रकाशित मिति : १३ आश्विन २०८१, आइतबार, ,  १० : ०५ बजे

प्रतिक्रिया दिनुहोस्