सल्यान । नेकपा एकीकृत समाजवादी पार्टीमा ३५ जना नेता कार्यकर्ताहरु एमालेमै समाहित हुनुभएको छ।

शनिबार नेकपा समाजवादी पार्टिका केन्द्रिय परिषद सदस्य, जिल्ला कमिटी सदस्यहरु सहित ३५ जना नेता कार्यकर्ता एमालेमै फर्किएको एमाले सल्यानका नेता गणेशमान सिंहले जानकारी दिनुभएको छ । सिंहका अनुसार समाजवादीका केन्द्रिय परिषद सदस्य तथा कर्णाली प्रदेश कमिटी सदस्य ज्ञानेश्वर केसी, जिल्ला कमिटी सदस्य तथा शारदा नगर कमिटी सह-इन्चार्ज राजेश बिक, जिल्ला कमिटी सदस्य तथा शारदा नगरकमिटी सचिव नवराज बुढाथोकी, जिल्ला कमिटी सदस्य तथा वडा अध्यक्ष गणेश बुढाथोकी सहित अन्य नेता कार्यकर्ता एमालेमा फर्किनु भएको हो ।

एमालेमा समाहित हुने अन्य नेता कार्यकर्ताहरुमा समाजवादीका शारदा नगर कमिटी सदस्य हेमा शर्मा, इन्द्रा बिक, भरत बुढाथोकी, जिवराज शर्मा, रमेश बिक, वडा कमिटी उपाध्यक्ष यज्ञ बहादुर बिक सहित कैलाश बुढाथोकी, जोगेन्द्र बिक, केशव बिक, राम बहादुर बुढाथोकी, पोस्कर बिक, खिम बहादुर डांगी, आशा विक, किरण बिक, श्रीधर बिक, किरण बुढाथोकी, नशिव बिक, किरणप्रताव बिक, रश्मि लामा बिक, भुपेन्द्र बिक, निर्मला थापा, सीता बस्नेत, अन्जित कुमार श्रेष्ठ, सुरेश बिक, हिरालाल रावत, खड्ग बहादुर रेउले, राम बहादुर बिक, कर्ण बहादुर खत्री, रुद्र बहादुर थापा, कालिका खड्का, खुम बहादुर बिक रहनु भएको छ ।

नेकपा एमाले केन्द्रिय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज गोविन्द कुमार पुन, कर्णाली प्रदेश कमिटी अध्यक्ष गुलाबजंग शाह, पार्टीका प्रदेश कमिटी सदस्यहरु सरिता हमाल, कुन्ता बस्नेत, जिल्ला कमिटी अध्यक्ष भिम बहादुर सेन लगायतका नेताहरुले पार्टीमा समाहित हुनेहरुलाइ स्वागत गर्दै पार्टीमा उचित भुमिका दिने बताउनुभयो ।

नगरकमिटी अध्यक्ष महेश देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष ओज बहादुर बुढाथोकी, सचिव पुस्पा बोहरा, उपसचिव द्वय गणेशमान सिंह, सनशिल्ता वली डिसि लगायत जिल्ला कमिटी सदस्यहरु, विभिन्न जनवर्गीय संगठनका नेताहरु लगायतको सहभागिता रहेको थियो ।

नगरकमिटी उपाध्यक्ष राम बहादुर भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममको संचालन सचिव बिनोद चलाउनेले गर्नुभएको थियो

Error generating audio.

प्रकाशित मिति : २२ मंसिर २०८१, शनिबार, ,  ९ : ३८ बजे

प्रतिक्रिया दिनुहोस्