काठमाडौं । नेकपा (माओवादी केन्द्र)निकटको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को भोलि (माघ १२ गते) हुने हुने भएको छ ।
क्रान्तिकारीको नेतृत्वका लागि ६ जना मैदानमा होमिएको अवस्था छ। जसमध्ये उपदेशकुमार यादव सबैभन्दा बढी चर्चामा रहनुभएको छ। यसैगरी सुदिन पौडेल, हेमन्त राई, विजयप्रकाश शर्मा, विश्वमणि थापा र योगेन्द्र बुढाले आआफ्नो तर्फबाट उम्मेदवारी दिनुभएको छ ।
अखिल क्रान्तिकारीको सांगठानिक इतिहासमा नेतृत्वको लागि पहिलो पटक मधेशी समुदायको उम्मेदवारी परेको छ । एक दशकभन्दा बढी संगठनमा बिताएका रौतहट परोह नगरपालिकाका उपदेश यादवले आफूलाई अध्यक्षको दाबेदारका रूपमा उभ्याउँदै १७ संकल्प प्रस्तुत गर्नुभएको छ।
हालसम्म प्राविधिक शिक्षामा रोजगार र सीप जोडिन नसकेको भन्दै उहाँले शिक्षालाई उत्पादनसँग, उत्पादनलाई रोजगारसँग साथै रोजगारलाई समृद्धिसँग जोड्न आफ्नो उम्मेदवारी भएको उनले सुनाउनुभयो ।
हेर्नुहोस् उपदेशका १७ संकल्प !
यादवले आफ्नो संकल्प यी बुँदामा प्रस्तुत गरेका छन्-
१– आफनै भवन सहितको स्मार्ट कार्यालय बनाउने ।
२– कार्यकाल भित्र कम्तिमा १० लाख सदस्य बनाउने ।
३– संगठनका सदस्यता, दस्तावेज, गतिविधि लगायत सम्पूर्ण अभिलेख लाई डिजिटलाइज्ड गर्ने ।
४– संगठनका सम्पुर्ण कामलाई क्यालेण्डर प्रणाली वनाई लागू गर्ने ।
५– हरेक तहका सम्मेलन अवधि पुगेपछि हरहालतमा गर्ने / गराउने ।
६– संगठनको तहगत स्कुलिङ्गको पाठ्यक्रम वनाई लागू गर्ने ।
७– विधि र विधान अक्षरश पालना गर्ने ।
८– जहां विद्याथी त्यहां संगठन, जहाँ संगठन त्यहां सङ्घर्ष र कार्यक्रम ।
९– प्रदेश र विश्वविद्यालयलाई आधार वनाई अखिल (क्रान्तिकारी) लाई महासंघीय ढांचामा लैजान पहल गर्ने ।
१०– शिक्षा क्षेत्रमा मेरिटोक्रेसि लागु गर्न अगुवाइ गर्ने ।
११– हरेक सदस्यलाई उत्पादनसंग जोड्ने र पार्टटाइम रोजगारीका लागि सङ्घर्ष गर्ने ।
१२– संगठनलाई भ्रष्ट्राचार विरुद्ध र सुशासन कायम गर्न अग्रदस्ताको रुपमा उभ्याउने ।
१३– अपारदर्शी आर्थिक प्रणाली अन्त्य गरी संगठनलाई पुर्ण रुपमा पारदर्शी र मितव्ययी वनाउने ।
१४– संगठन भित्र पु्र्ण रुपमा विधि, नीति, विधान र संस्थागत निर्णय प्रणाली अवलम्बन गर्ने ।
१५– अग्रजको सम्मान तथा नयां पुस्ता र प्रतिभाको प्रोत्साहनको संस्कृति आत्मसात् गर्ने ।
१६– रोजगारमुलक प्राविधिक शिक्षाको पक्षमा सङ्घर्ष गर्ने ।
१७– राष्ट्रिय स्वाधिनताको पक्षमा अविराम सङ्घर्ष गर्ने ।
क्रान्तिकारी विद्यार्थी आन्दोलनमा यादवको इतिहास :
२०६७ सालमा उपत्यका स्थित अखिल (क्रान्तिकारी) एन.सि.आई.टी. कलेज मूल इकाई कमिटी सदस्य बनुभएका यादव सोही कमिटीको दुई कार्यकाल उपाध्यक्ष हुंदै २०७० सालमा अध्यक्ष बन्नुभएको हो। २०६९ सालमा अखिल (क्रान्तिकारी) पोखरा वि.वि काठमाण्डौ उपत्यका जिल्ला सदस्य हुंदै २०७२ सालमा सचिव हुँदै २०७३ मा केन्द्रीय सदस्य बन्नुभएका अनेरास्ववियू (क्रान्तिकारी) २०७६ मा केन्द्रीय सदस्य, अनेरास्ववियू (एकता भएको वेला) बन्नुभएको थियो।
२०७७ मा केन्द्रीय सदस्य हुदै २०७७ मा सहसंयोजक, अखिल (क्रान्तिकारी) पोखरा विश्वविद्यालय समन्वय समिति । २०७८ विद्यार्थी विशेष जिल्ला / महाशाखा समिति सदस्य, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र हाल २०८० मा सचिव, अखिल (क्रान्तिकारी) केन्द्रीय समिति ।