दाङ। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पुर्बप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सुशासनको अभियान चालेको स्मण गर्दै अध्यक्ष प्रचण्डले सोही कारण जनतामा माओवादी प्रति पछिल्लो समय ६४ को झल्को आएको बताउनुभयो । आफुहरुबाट भएका गल्ती कमजोरी सच्याउन तयार भएकोले आउँदो ८४ को निर्वाचनमा माओवादी केन्द्रलाई बहुमत दिन अपिल गर्नुभएको छ ।
नेकपा (माओवादी केन्द्र) तुलसीपुर उपमहानगर कमिटिले शुक्रबार तलसीपुमा आयोजना गरेको पार्टीको तेस्रो नगर अधिवेशन उद्घाटन तथा खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले उक्त कुरा बताउनुभएको हो ।
पुर्बप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष प्रचण्डले भन्नुभयो -‘यो पटक म देशका ७७ जिल्लामा अपिल र अनुरोध गर्न म देशव्यापी अभियानमा गएको छु । हाम्रो पार्टीलाई ६४ मा मत दिनुभएका आम जनतालाई मेरो अनुरोध छ । हामीले हाम्रो गल्ती कमजोरी सच्याछौं । तपाईहरुले पनि आफ्नै छोराछोरी त हुन नी भनेर एकचोटी ६४ मा जस्तै माया गरिदिनुभयो भने बहुमत दिनुभयो भने ८४ मा हामी बहुमतमा आउनेछौं ।
त्यो बहुमतले यो देशबाट भ्रष्टाचारलाई जरैदेखि उखेलेर फाल्ने छ ।त्यसले सामाजिक बिभेदको अन्त्य गर्नेछ । न्याय स्थापित गर्नेछ । आर्थिक समृद्धिमा देश अगाडि बढ्ने छ । तपाईहरुले जनयुद्धमा साथ दिनुभयो । शान्तिप्रक्रियामा साथ दिनुभयो । अब भ्रष्टाचारविरुद्ध सामाजिक न्याय र आर्थिक समृद्धिको यो अभियानमा साथ दिनुहोस्।’
Error generating audio.