सल्यान । गैरसरकारी संस्था महासंघ नेपाल सल्यानको अध्यक्षमा रामचन्द्र रेग्मी चयन हुनुभएको छ। शनिबार सम्पन्न महासंघको सातौं अधिबेशनले रामचन्द्र रेग्मी अध्यक्ष,उपाध्यक्षमा खडग शाही, सचिवमा जितेन्द्र डांगी,सहसचिवमा पुजा शर्मा र कोषाध्यक्षमा केशरी श्रेष्ठलाई चयन गरेको हो।
यसैगरी सदस्यहरुमा मोहन वली, रमेश भण्डारी, मानसिंह बिक, बम बहादुर केसी, शान्ता नेपाली, पार्वती सुनार, तुल्सा रावत सर्बसम्मत चयन हुनुभएको हो।आज शनिबार सदरमुकाम खलंगामा अधिवेशन समुद्घाटन भएको थियो ।
दिपेन्द्र शाहीको अध्यक्षता, गैरसरकारी संस्था महासंघ नेपालका केन्द्रिय सचिव गोविन्द बहादुर शाहीको प्रमुख आतिथ्यता सल्यानका प्रमुख जिल्ला अधिकारी सावित्रा पुन र गैरसरकारी संस्था महासंघ नेपालकै केन्द्रिय सचिव दिपेन्द्र डिसीको बिशिस्ट आतिथ्यता एवम गैसस कर्णाली इन्चार्ज बिष्णुदेवी रावल, प्रदेश अध्यक्ष घनश्याम केसी लगायत विभिन्न क्षेत्रका प्रतिनिधिहरुको उपस्थितिमा उद्घाटन कार्यक्रम भएको थियो ।
केशरी श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन गुमानसिंह नेपालीले गर्नुभएको थियो ।
Error generating audio.