हामी परिक्षण प्रसारणमा छौ



२८ फागुन २०७७ । सल्यान उद्योग वाणिज्य संघको फागुन २९ गते हुने निर्वाचनमा प्रगतिशिल व्यावसायिक प्यानलले एजेण्डाहरु पुनःसार्वजनिक गर्दै आफ्नो प्यानललाई बिजय गराउन आग्रह गरेको छ ।

उद्योग बाणिज्य संघका हरेक संरचना १० वटै स्थानिय तहमा स्थापना गर्ने देखि हरेक व्यवसायिलाई करशिक्षाको माध्यमबाट व्यवसायिलाई करको झन्झटबाट मुक्त गराउने सम्मको कुरालाई प्रगतिशिल प्यानलले आफ्ना एजेण्डामा उठाइएको छ ।

अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार थापा, बरिष्ठ उपाध्यक्ष हरिलाल डि.सी, बाणिज्य उपाध्यक्ष बिरेन्द्र प्रकाश भण्डारी,उद्योग तर्फका उपाध्यक्ष उम्मेदवार शंकर एरी, महासचिव पदका उम्मेदवार मोहन सारु, सचिव पदका उम्मेदवार विकाश डि.सी,कोषाध्यक्ष अशोक कुमार बोहराले आज सम्मको गतिबिधि हेर्दा आफ्नो जित सुनिश्चित भएको दाबि गरेका छन् ।

यस्तै महिला सदस्यहरु छपी वली,हिरा चन्द,बिमला गिरी,दलित सदस्य प्रकाश परियार एन.वि.,जनजाति सदस्य निरज सिंह,अल्पसंख्यक सदस्य मोहमद अक्तर राजा,खुल्ला सदस्यहरु रेशमबहादुर खड्का,सिता के.सी,भुवन भट्ट,जयराम सिंह,पल्वीर नेपाली,हरी बहादुर दमाई,ईश्वरी प्रसाद गौतम र वस्तुगत सदस्य राकेश जैशीले प्रचार अभियानमा आफुहरुले सबैको साथ पाएको र भोली हुने मतदानमा पनि सबैको साथ पाउँने आशा रहेको जानकारी दिएका छन् ।

यस प्रगतिशिल व्यवसायिक प्यानललाई सिंगो नेकपा (माओवादी केन्द्र) ,नेकपा एमालेको माधब नेपाल समूह,विप्लब समूह,पूर्व अध्यक्षहरुको साथ र समर्थन रहको हुदा आफ्नो प्यानलको जित सुनिश्चित भएको प्रगतिशिल व्यवसायिक प्यानलको प्रचार प्रसार समितिको दाबि छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७७, शुक्रबार, ,  १० : ०३ बजे

प्रतिक्रिया दिनुहोस्