दाङ ।तुलसीपुर महोत्सवमा आज चर्चित गायक प्रकाश दुतराजको प्रस्तुति रहने भएको छ । महोत्सवको मुख्य आकर्षणका रूपमा रहेका दुतराजले आफ्नो लोकप्रिय गीत प्रस्तुत गर्नुहुने भएको हो ।
संगीतप्रेमीहरूका लागि थप मनोरञ्जन प्रदान गर्न लोकगायक चन्द्र शर्मा र चर्चित डान्सर निशा गिरीको पनि विशेष प्रस्तुति रहने साँस्कृतिक संयोजक सन्तोष खड्काले जानकारी दिनुभयो ।
तुलसीपुर चेम्बर अफ कमर्शको आयोजनामा भइरहेको महोत्सवमा दैनिक रूपमा विभिन्न कलाकारहरूले आफ्नो प्रस्तुति दिइरहेका छन् । आयोजकका अनुसार महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारहरूका सांगीतिक प्रस्तुति, व्यापारिक प्रदर्शनी तथा अन्य मनोरञ्जनात्मक कार्यक्रम समावेश गरिएका छन् ।
कृषि, व्यापार, पर्यटन प्रवद्र्धन र कला संस्कृति संरक्षणका लागि फागुन १ गतेदेखि संचालन भएको हो । तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष ऋषिराज भण्डारीले स्थानीय वस्तुको बजारीकरण, पर्यटकियस्थलको प्रचारप्रसार र स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ महोत्सव संचालन गरिएको बताउनुभयो ।
अध्यक्ष भण्डारीका अनुसार महोत्सवमा कृषिजन्य वस्तुको प्रदर्शनी, औद्योगिक प्रर्दशनी, हस्तकला, अटोमोवाइल्स, मेसिनरी तथा वित्तिय सूचना प्रविधिको प्रदर्शनीमा राखिएको छ । महोत्सव फागुन १६ गतेसम्म सञ्चालन हुने छ ।
Error generating audio.