सल्यान । माओवादी केन्द्रका बिशेश प्रदेशका सहइन्चार्ज तथा केन्द्रीय सदस्य रमेश मल्लले राम्री-कपुरकोट सडकखण्डको गत आवको बजेटबाट निर्माणाधीन सडकको अवलोकन गर्नुभएको छ।

यसै सन्दर्भमा उहाँले आज सडक बिभागका महानिर्देशक र सडक डिभिजन कार्यालय प्रमुखसङ्ग निर्माणस्थलबाट संक्षिप्त कुरा गर्नुभएको हो।फोन सम्बादमा मल्लले निर्मानाधिन सडक कहिले बन्छ ? प्रश्न गर्दा अब छिटोभन्दा काम हुन्छ भन्ने जवाफ सुन्न सकिन्छ । यस्तै मल्लले सामाजिक संजाल फेसबुक मार्फत सबै सरोकारवालालाई समयमै काम सम्पन्न गर्न निरन्तर चासो र पहलकालागि अपील गर्नुभएको छ ।

मल्लले वैकल्पिक मार्गको रूपमा तुल्सिपुर – लुहाम सुरुङ्गमार्ग पनि एक विकल्प भएको बताउदै दीर्घकालीन र निरन्तर मुद्दाको रूपमा लिन जरुरी भएको समेत बताउनु भएको छ।

Error generating audio.

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार, ,  ९ : ४९ बजे

प्रतिक्रिया दिनुहोस्