जाजरकोट । नेकपा (माओवादी केन्द्र) निकट पत्रकार संगठन प्रेस सेन्टर नेपाल जाजरकोट शाखाको अध्यक्षमा लोकेन्द्र विक्रम शाही सर्वसम्मत चयन हुनुभएको छ । संगठनको पाँचौं जिल्ला अधिवेशन बाट शाही पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

यस्तै, उपाध्यक्षमा निर्मला थापा, सचिवमा मोहनजंग शाही, सह सचिवमा जुना परियार र मधुकर नेपाली सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिका संयोजक दीपेन्द्र शर्माले जानकारी दिनुभयो।

कोषाध्यक्ष र अर्काे उपाध्यक्ष पद खाली राखिएको छ । जसमा केही भूगोल मिलाएर पहिलो बैठक बाट निर्वाचित गरिने जनाईएको छ । आज १७ सदस्सीय जिल्ला कमिटीको घोषणा  गरिएको छ ।

Error generating audio.

प्रकाशित मिति : २१ फाल्गुन २०८१, बुधबार, ,  १० : ०० बजे

प्रतिक्रिया दिनुहोस्