सल्यान । नेकपा एकीकृत समाजवादी सल्यानको जिल्ला अध्यक्षमा रमेश गौतम सर्बसम्मत चयन हुनुभएको छ ।
पार्टीको यहि चैत २० र २१ गते सल्यानमा सम्पन्न नवौँ जिल्ला अधिवेशनबाट गौतम निर्विरोध निर्वाचित हुनुभएको हो । गौतम यस अघि सचिव हुनुहुन्थ्यो । नेपाल पत्रकार महासंघ सल्यानका पुर्ब अध्यक्ष गौतम पछिल्लो समय राजनीतिमा सक्रिय हुनुहुन्छ ।
त्यसैगरी एकीकृत समाजवादीको सल्यान जिल्ला उपाध्यक्षमा टेकबहादुर ओली, कल्पना सेजवाल र सचिवमा प्रेमबहादुर डिसी निर्विरोध चयन हुनुभएको छ भने उपसचिवमा मनवीर बस्नेत, जीतप्रसाद आचार्य र गोविन्द डाँगी चयन हुनुभएको छ ।
Error generating audio.