सल्यान । रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगञ्ज जाँदै गरेको फोर्स गाडी दुर्घटना हुँदा ५ जना यात्रु घाइते भएका छन्।

शुक्रबार बिहान रुकुम पश्चिमको नुवाकोटदेखि नेपालगञ्ज जाँदै गरेको लु २ ख ६२७१ नम्बरको फोर्सगाडी दुर्घटना भएको हो। घाइते ५ जनामध्ये तीन जनालाई हातखुट्टामा चोट लागेको छ भने दुई जना सिकिस्त रहेको प्रहरीको भनाइ छ।
घाइतेहरूलाई प्रारम्भिक उपचारका लागि सल्यानको बागचौर लगिएको र हालसम्म चालक फरार रहेको प्रहरी चौकी सिमखोलीका इन्चार्ज कृष्ण शाहले जानकारी दिनुभयो। घाइतेहरूको विवरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो।

Error generating audio.

प्रकाशित मिति : १२ बैशाख २०८२, शुक्रबार, ,  १० : ४३ बजे

प्रतिक्रिया दिनुहोस्